काठमाडौंकी अस्मिताको शव फेवातालमा भेटियो

काठमाडौं । पोखरामा २५ वर्षीया अस्मिता खत्रीको शव फेला परेको छ ।

अस्मिता शुक्रबार मृत अवस्थमा फेला परेको प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

पोखरा महानगरपालिका–२२ स्थित फेवातालमा उनको शव फेला परेको प्रहरीले उल्लेख गरेको छ ।

अस्मिताको स्थायी घर रामेछापमा पर्छ । उनी हाल काठमाडौंमा बस्दै आएकी थिइन् ।

अस्मिता गत आइतबार फेवा तालमा डुङ्गामा चढीरहेको अवस्थामा लाईफ ज्याकेट खोली पौडी खेल्ने क्रममा बेपत्ता भएकी थिइन् ।

उनको वडा प्रहरी कार्यालय बैदाम र डि.एम.गोताखोर समेतको संयुक्त टोलीले खोजी गर्ने क्रममा शव फेला पारेको प्रहरीले जनाएको छ ।

उता, पर्वतको मोदी गाउँपालिका–६ तिलाहारस्थित खेतमा वतन नखुलेकी ४५ वर्षीया बल सुब्बा गुरुङ शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिहेको जनाएको छ ।

Published : Friday, 2022 November 25, 5:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया