कपिलवस्तुमा पेस्तोलसहित दुई भाइ पक्राउ

तौलिहवा । कपिलवस्तुमा प्रहरीले दुई जनालाई हतियारसहित पक्राउ गरेको छ ।

मायादेवी गाउँपालिका–६ रजवापुर बस्ने ३४ वर्षीय जुल्फकार मुसलमान र उनकै भाई २२ वर्षीय नदिम मुसलमानलाई मेड इन युएएस लेखिएको पेस्तोलसहित पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

पेस्टोलको म्यागजिन १ थान, गोली ६ राउण्ड, नगद १ लाख ४६ हजार रुपियाँ, ३ हजार ६ सय भारतीय रुपियाँ, तौल गर्ने डिजिटल मेशिन १ थान, स्मार्टफोन १२ थान र ब्राउनसुगर जस्तो धुलो पदार्थसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

विषेश सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनीहरूले आफ्नै घरको कोठाभित्र लुकाई राखेको उक्त हतियार लगायतका सामान सहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।

Published : Tuesday, 2022 November 22, 5:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया