भक्तपुरका बज्रेश नक्सालबाट पक्राउ

काठमाडौं । नेपाल प्रहरीले नक्साल बस्ने भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका ५० वर्षीय ब्रजेश उपाध्यायलाई पक्राउ गरेको छ ।
बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–१ नक्साल बस्ने भक्तपुरको सूर्यविनायक नगरपालिका–५ घर भएका उपाध्यायलाई आइतबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
उच्च अदालत पाटनको २०७९ साउन २३ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा २ महिना १५ दिन कैद, २ करोड ६१ लाख ५५ हजार १ सय ७५ रुपियाँ जरिवाना र १० लाख ४६ हजार २ सय ७ रुपियाँ क्षतिपूर्ति ठहर भई फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मीनभवनबाट खटिएको प्रहरीले काठमाडौं नक्सालबाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत ललितपुरमा पठाइएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया