यी हुन् अपराध गर्ने बाबु, भागेका बेला पक्राउ

बर्दिया । बर्दिया जिल्लामा प्रहरीले छोराको हत्या गरेर भागेका ४५ वर्षीय लौरंगलाल थारूलाई पक्राउ गरेको छ ।

आफ्नै छोरा २० वर्षीय विवेक चौधरीको हत्या गरेको अभियोगमा बारबर्दिया नगरपालिका–११ विजयनगरका लौरंगलाल थारूलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

लौरंगलालले बुधबार फुटेको बियरको बोतलले पेटमा प्रहार गर्दा गम्भीर घाइते भएका बिबेकको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।

घटनापश्चात फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले गुलरिया नगरपालिका–११ ईन्द्रपुरमा लुकिछिपी हिँडिरहेको अवस्थामा फेला पारी पक्राउ गरेको थियोे ।

घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Published : Friday, 2022 September 30, 4:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया