‘बिचौलिया’ प्रभु र पूर्वएआईजीका हाइप्रोफाइल साथी पक्राउ, एसएसपी भट्टराईले ठूलो माछा हातपारे

काठमाडौं । नेपाल प्रहरीले विशाल सिमेन्टका पूर्व सञ्चालक अमित श्रेष्ठलाई पक्राउ गरेको छ ।

बुधबार काठमाडौंको लाजिम्पाटस्थित पानीपोखरीमा रहेको निवासबाट अमितलाई पक्राउ गरेको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख (एसएसपी) जनकराज भट्टराईले जानकारी दिएका छन् । उनले अमितसँगै केही सामग्रीहरू बरामद भएको भन्दै अनुसन्धान भइरहेको बताएका छन् ।

कानूनले बर्जित गरेको वित्तीय कारोबार गरेको अभियोगमा अमितलाई पक्राउ गरिएको हो ।

क्रिप्टोकरेन्सीमा संलग्नता रहेको आशंकामा प्रहरीले बुधबार श्रेष्ठलाई पक्राउ गरेको जनाएको छ ।

श्रेष्ठले क्यानडा र उनका भाई सुवास श्रेष्ठले अष्ट्रेलियामा क्रिप्टो कारोबार गरेको आशंका प्रहरीले गरेको छ ।

अमित क्यानडामा बस्दै आएका छन् । उनी केही समयअघि नेपाल आएका हुन् ।

प्रहरीले अमितको पानीपोखरीस्थित निवासमा छापा मारी छानबिन गरिरहेको छ ।

यसअघि २०७५ मा सार्वजनिक भएको ३३ किलो सुन काण्ड र सनम शाक्य हत्या प्रकरणमा ‘बाजेको सेकुवा’ रेष्टुरेन्टका मालिक चेतन भण्डारीसँग अमितको पनि कनेक्सन रहेको समाचार सार्वजनिक भएको थियो । अमितले नै भण्डारीलाई फसाएको आरोप छ ।

अमितले आफ्ना साथीहरूलाई ठगी गरेको मौखिक उजुरीहरू प्रहरीमा धेरै छन् ।

हेर्दा सिधा र सोंझो जस्तो देखिने अमित काठमाडौंमा निकै बद्नाम छन् । आफ्ना धेरै साथीहरूको करोडौं रकम अमितले डुबाइदिएको आरोप छ ।

नेपाल प्रहरीका पूर्व एआईजीपी हरि पाल र निलम्बित प्रधानन्यायाधीश चालेन्द्रशम्शेर जबराका भाई एवम् बिचौलिया प्रभुशम्शेर राणासंग निकै राम्रो सम्बन्ध छ । अमितलाई पाल र राणा ठगी धन्दा चलाएका बेला बचाउन गरेको चर्चा छ ।

नुवाकोट जिल्लाका नेपाली कांग्रेसका नेता जगदीश्वर नरसिंह केसीसँग पनि अमितको निकै राम्रो सम्बन्ध छ । केसीले अमितलाई राजनीतिक संरक्षण दिने गरेको आरोप छ ।

पैसा र पावरवाला मान्छेलाई रिझाउने र युवतीहरूलाई प्रेमजालमा पार्ने सक्ने खुबी अमितसँग छ ।

घरमै हाइप्रोफाइल र पैसावालाहरूलाई भेला पारेर मिनी क्यासिनो चलाएर अमितले अकुत सम्पति आर्जन गर्न सफल भएको आरोप पनि छ ।

अमितले अबैध पैसा विशाल सिमेण्टमा लगानी गरेको आरोप छ । सिमेण्ट उद्योगमा पार्टनरहरूलाई अमितले नै डुबाएको आरोप छ ।

अफ्गानिस्तानमा सेक्यूरिटी काम गरेर सुल्तानको श्रीमतीलाई मायाजालमा पारेर अर्बौं रकम कुम्ल्याएर भागेर नेपाल आएको आरोप पनि अमितलाई छ ।

Published : Wednesday, 2022 July 13, 7:13 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया