बागलुङमा गाँजाको धुलोसहित दुई जना पक्राउ

बागलुङ । बागलुङ जिल्लामा प्रहरीले लागुऔषध गाँजाको धुलोसहित दुई जनालाई पक्राउ गरेको छ ।

आइतबार दिउँसो करीव साढे १ बजे बागलुङ नगरपालिका–२, महेन्द्रपथस्थित रेशमबहादुर आलेले संचालन गरेको बेष्ट वान रेष्टुरेन्टबाट दुई जनालाई पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेमा चितवनको खैरहनी नगरपालिका– ६ स्थायी वतन भई हाल बागलुङ नगरपालिका– २ श्रीनगरटोल बस्ने २३ वर्षीय समिर अन्सारी र बागलुङको काठेखोला गाउँपालिका–४ तंग्राम बस्ने २२ वर्षीय राजु थापालाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

लागुऔषध कारोवार गर्दै गरेको भन्ने विशेष सुराकीको आधारमा खटिगएका प्रहरीले उनीहरूको साथबाट ३९० ग्राम लागुऔषध (गाँजाको धुलोसहित पक्राउ गरिएको विज्ञप्तिमा उल्लेख छ ।

उनीहरूसँग प्रहरीले गाँजाको धुलोसहित मोबाईल २ थान, दश हजार नगद, खुकुरी चुरोट १ प्याकेट, शिखर चुरोट २ खिल्ली, लाईटर थान २ पनि बरामद गरेको छ ।

Published : Sunday, 2022 June 19, 8:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया