काठमाडौंबाट अनुराधाकुमारी पक्राउ

काठमाडौं । प्रहरीले ठगी, अपराध र विश्वासघातको कसूर मुद्दामा फरार ४५ वर्षीया अनुराधाकुमारी साहलाई पक्राउ गरेको छ ।

उपत्यका प्रहरी अपराध महाशाखाको टोलीले साहलाई काठमाडौंको बुद्धनगरबाट जेठ २८ गते पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

धनुषाको सबैला नगरपालिका– १० बस्ने साहलाई जेठ २९ गते सप्तरीको कल्यणपुरस्थित ईलाका प्रहरी कार्यालयमा पठाइएको छ ।

मो.तैयव अली समेतको उजुरीका आधारमा साहलाई पक्राउ गरिएको हो ।

रामदेव साह तेली समेतको समूह ठगी, आपराधिक विश्वासघात कसूर मुद्दामा फरार रहेका थिए ।

Published : Tuesday, 2022 June 14, 11:18 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया