होटेल रेडिसनमा अबैध धन्दा, छापा हानेर ठूलो रकमसहित मान्छेहरू पक्राउ

कोहलपुर । बाँके जिल्लामा रहेको होटेल रेडिसनबाट जुवातास खेल्ने ५ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

कोहलपुर नगरपालिका–११ बसपार्कस्थित होटेल रेडिसनबाट जुवातास खेलिरहेको अवस्थामा ५ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

रेडिसन होटलमा जुवातास खेलिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३ लाख ६२ हजार ६ सय ५० रूपियाँसहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यसैबीच, बाँकेकै नरैनापुर गाउँपालिका–४ कृष्णनगर बस्ने उजागर धोबीको घरमा सोमबार दिउँसो आगलागी भएको छ ।

आगो बस्तीमा फैलिदा १५ वटा घर र ८ वटा गोठ पूर्णरूपमा जलेर करीब १८ लाख रूपियाँ बराबरको धनमाल नष्ट भएको छ ।

Published : Tuesday, 2022 April 5, 1:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया