आँधीखोलाका गुरुङलाई सीआईबीद्वारा काठमडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले ५२ वर्षीय काजी गुरुङलाई पक्राउ गरेको छ ।

सीआईबीको टोलीले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी काठमाडौं महानगरपालिका–२६ सामाखुसी बस्ने स्याङ्जा आँधीखोला गाउँपालिका–४ घर भएका गुरुङलाई सोमबार पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।

उच्च अदालत पाटनको गत फागुन १ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ६ दिन कैद र ४० लाख रूपियाँ जरिवाना ठहर भएपछि गुरुङ फरार रहेका थिए ।

गुरुङलाई सीआईबीले सामाखुसीबाट पक्राउ गरेको थियो ।

गुरुङले आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी पीडितलाई झुक्यानमा पारी एभरेष्ट बैंक लिमिटेड गोंगबुमा रहेको खाताबाट रकम भुक्तान हुने भनी चेक दिएको ठहर गर्दै अदालतले उक्त फैसला गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत ललितपुरमा पेश गरिएको छ ।

Published : Tuesday, 2022 March 29, 9:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया