सीआईबीको फन्दामा परिन् अभिनेत्री प्रियंका कार्की

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले अभिनेत्री प्रियंका कार्कीसँग नेपालमा अवैध रहेको क्रिप्टोकरेन्सी कारोबारलाई बढावा दिएको विषयमा बयान लिएको छ ।

क्रिप्टोकरेन्सीलाई सामाजिक सञ्जालबाट प्रचार गरेको अभियोगमा आइतबार सीआईबीले अभिनेत्री कार्कीसँग सोधपुछ गरेको हो ।

सीआईबीले घन्टौंको सोधपुछपछि अभिनेत्री कार्कीलाई उनका पति आयुषमान देजराज जोशीको जिम्मा लगाएको व्युरोका निर्देशक एवम् डीआइजी धिरजप्रताप सिंहले जानकारी दिएका छन् ।

कार्कीलाई बोलाएको बखत हाजिर हुनेगरी आयुषमानको जिम्मा लगाइएको निर्देशक सिंहले जानकारी दिए ।

क्रिप्टोकरेन्सीलाई सामाजिक सञ्जालमार्फत् विज्ञापन गरेको भन्दै व्यूरोले अभिनेत्री कार्कीसँग सोधपुछ गरेको थियो ।

सो सम्बन्धमा अभिनेत्री कार्कीले आफू स्वयं पीडित भएको बताइएकी छिन् ।

आफ्नो तस्बिर दुरुपयोग भएको उनले बताएकी छिन् ।

Published : Sunday, 2022 March 20, 10:49 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया