ललितपुरमा पासा खेल्ने १२ जना पक्राउ

काठमाडौं । प्रहरीले ललितपुरमा जुवा खेल्ने १२ जनालाई पक्राउ गरेको छ ।

बिहीबार ललितपुर महानगरपालिका– १२ टंगालस्थित निरज खड्गीको विना गणेश नामक गाडी ग्यारेजमा प्रहरीले छापामारेर १२ जना जुवाडेलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीले जुवाको अखडाबाट अठासी हजार छ सय पचपन्न रुपियाँ बरामद गरेको छ ।

पक्राउ पर्नेमा ललितपुरको प्याफुरीका ४१ वर्षीय श्याम खड्गी, वालकुमारीका ४३ वर्षीय रमेश महर्जन, हौगलका ४८ वर्षीय सविन महर्जन, गुईटोलका ४३ वर्षीय वाल महर्जन र ईभाभेका ४३ वर्षीय कमल शाक्य रहेका छन् ।

ग्वार्कोका ४४ वर्षीय राजेशराज राजकर्णिकार, पूर्णचण्डीका ४० वर्षीय सगुन शाक्य, धरान घर भई हाल गावहाल बस्ने ३५ वर्षीय जीवन राई, मकवानपुरको वगिया घर भई हाल च्यासल बस्ने ४२ वर्षीय विजय जिम्वा, लोलका ४० वर्षीय पुष्प खड्गी, सातदोवाटोका ५२ को ग्याङ्गबहादुर महर्जन र चोछेका ४५ वर्षीय राजेन्द्र अवाले पक्राउ परेका छन् ।

प्रहरीले तास २ वुक, कौडा ३२ थान, पासा ६ थान, थर्पु कपडा थान १, काठको विभिन्न रङका गोटीहरू थान १६ बरामद गरिएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Friday, 2022 February 25, 6:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया