महोत्तरीको कमाण्ड सम्हाले लगत्तै एसपी पंगेनी यी अपराधीको काल बने

गौशाला । भारतीय महिलाको हत्या गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारतको सीतामढी ग्राम पञ्चायत भासर मघहा वडा नं. ७ अनारवन गाउँका ३७ वर्षीय अजय महतो कोइरी र सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा नं. ९ निवासी ३४ वर्षीय प्रमोद राउत रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी लिए ।

भारतीय नागरिक कोइरीले आफ्नी पत्नी २७ वर्षीय अफ्सना खातुन ‘राधा’को हत्या गरेका थिए । राधाको हत्यापछि अपरचित व्यक्तिले दुई साना बालकहरुलाई फागुन ३ गते करीव ५ बजे गौशाला नगरपालिका वडा नं. १२ बिषहराथान नजिक रहेको मैंयाकुमारी योञ्जनले संचालन गरेको चिया नास्ताको कटघेरा होटलमा छाडेर भागेका थिए । प्रहरीले ती दुई बालकको उद्धार गरेर अपराधीको खोजी शुरु गरेको एसपी पंगेनीले बताए ।

वर्ष ३० को तराई मुलको मानिसले नम्वर प्लेट खुल्न नसकेको मोटरसाईकलमा आई आफू एकछिनमा आउँछु भनी आफूसंग ल्याएका ४ वर्षीय श्यामु र २ वर्ष ६ महिनाका अजयलाई सोही पसल अगाडिमा छाडेर गएका थिए ।

ती नाबालक बच्चाहरुलाई तत्काल उद्दार गरी नेपाल रेडक्रस सोसाईटी गौशाला उपशाखाका सभापति दिनेश महतोको घरमा ल्याई सुरक्षित राखिएको थियो ।

फागुन ४ गते दिउँसो २ बजे गौशाला नगरपालिका वडा नं. १२ कान्तिबजारस्थित सागरनाथ बन विकाश परियोजनाको जंगलभित्र निर्माणाधीन रेल्वे ट्रयाकभन्दा ५६१ फिट दक्षिणस्थितमा २७ वर्षीय राधाको शव फेला परेको थियो । राधा गर्भवती समेत थिइन् ।

शवको घाँटीमा रातो गम्छाले ३ फेरो कसी, नाक मुखबाट अत्याधिक रक्तश्राव भई रक्ताम्य अवस्थामा रहेको अवस्थामा फेला परेको एसपी पंगेनीले जानकारी दिए । घटनाको अनुसन्धानमा प्रहरीको कुकुर समेत प्रयोग गरिएको थियो । ती नाबालक बच्चाहरुले आफ्नी मृत आमाको पहिचान गरेका थिए ।

राधाका पति भारतको जिल्ला सीतामढी ग्राम पंचायत भासर मघहा वडा नं.७ अनारवन घर भएका अजय महतो कोइरी हाल नेपालको सर्लाही जिल्ला मलगंवा नगरपािलका वडा नं.९ स्थित डेरा गरी बस्दै आएका थिए ।

राधाको ठेगाना भारतको सीतामढी भैरबकोठी, मेहसौल टोल भएको अनुसन्धानका क्रममा खुलेको छ । राधा र अजयबीच दुई वर्ष अगाडि घर निर्माणका पेटी ठेकेदार गर्ने क्रममा चिनजान भएको थियो । उनीहरुका बीच प्रेम सम्बन्ध भएको थियो ।

राधाको पहिलो पतिबाट दुई छोराहरुको जन्म भएको थियो । पहिलो पतिसँग सम्बन्ध बिग्रिएपछि राधाको सम्बन्ध अजयसँग भएको थियो । अजयसँग राधालाई छुटाउन भारतीय रुपियाँ २५ हजार रुपियाँ क्षतिपूर्ति राधालाई दिइएको थियो ।

भा.रू.२५ हजार रुपियाँ गाउँ समाजका व्यक्तिहरूलाई भोज खुवाउने गरी सहमति भएको थियो । करीव १ हप्तापछि राधाले उक्त सहमति अस्वीकार गरेकी थिइन् । राधा आफ्ना पतिसँग बस्न आएपछि बिगत ९ महिनादेखि सर्लाहीको मंलगवा नगरपालिका वडा नं.९ मा कोठा भाडा लिईसंगै बस्दै आएका थिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीको प्रहरी प्रमुखको जिम्मेवारी सम्हाले लगत्तै एसपी पंगेनीले अपराधमा संलग्नहरुलाई तत्काल पक्राउ गरेर कानूनी दायरामा ल्याएका छन् ।

Published : Sunday, 2022 February 20, 11:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया