देवदह जंगलमा महिला र बालिकाको शव

बुटवल । रुपन्देही जिल्लामा दुई जनाको शव जंगलमा भेटिएको छ ।

देवदह नगरपालिका–९ को घोडाहा जंगलमा एक महिला र एक बालिकाको शव भेटिएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो अधवैंशे करीव ३६ वर्षीया महिला र अन्दाजी ७ वर्षीया बालिकाको शव पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित जंगलमा भेटिएको थियो ।

शवको प्रकृति हेर्दा बालिकाको घाँटी रेटेर हत्या गरी फालिएको हुन सक्ने इलाका प्रहरी कार्यालय देवदहका प्रमुख प्रहरी निरीक्षक गंगा सारुले जानकारी दिएका छन् ।

शवको पहिचान हुन सकेको छैन । घटनाको अनुसन्धान भइरहेको सारुले बताएका छन् । मृत भेटिएका उनीहरू आमाछोरी हुन सक्ने प्रहरीको अनुमान छ ।

Published : Tuesday, 2022 January 25, 4:41 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया