सीआईबीद्वारा दोलखाका रिजालाई काठमाडौंमा पक्राउ

काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसनधान ब्यूरो (सीआईबी)ले ४३ वर्षीय जितेन्दबहादुर रिजाललाई पक्राउ गरेको छ ।

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–३ बस्दै आएका रिजाललाई सीआईबीको टोलीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ । रिजाललाई सीआईबीको टोलीले शुक्रबार सुन्ताखानबाट पक्राउ गरेको थियो ।

रिजालको स्थायी घर दोलखा जिल्लाको भीमेश्वर नगरपालिका– ३ मा पर्छ । उनी काठमाडौंमा बस्दै आएका थिए ।

रिजालले आफ्नो बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी एनआईसी बैंक खाताबाट भुक्तान हुने भनी चेक दिएका थिए ।

रिजालले बैंकिङ् कसूरजन्य अपराध गरेको ठहर गर्दै उच्च अदालत पाटनले रिजालको हकमा बैंकिङ् कसूर तथा सजाय ऐन २०६४ बमोजिम २ दिन कैद र १२ लाख रुपियाँ जरिवाना हुने फैसला भएको थियो ।

Published : Friday, 2022 January 21, 3:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया