मेगा बैंकमा खाता खोल्दा एनसेलको सिम निःशुल्क पाइने

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडको ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकहरूले आकर्षक विशेषता समावेश गरिएको एनसेलको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्ने भएका छन् ।

‘शुूय मोज्दात’मा नै खोल्न सकिने ‘मेगा लोकप्रिय बचत खाता’मा ग्राहकले एनसेलद्वारा मेगा बैंकका लागि कस्टमाइज्ड गरिएको सुविधासहितको सिमकार्ड निःशुल्क रुपमा प्राप्त गर्न सक्ने विज्ञप्तिमा उल्लेख छ ।

बचत खाता खोली बचतको फाइदासँगै थप आकर्षक सुविधा दिन तथा साथीभाइ र आफन्तसँगको सम्बन्ध थप प्रगाढ बनोस् भन्ने उद्देश्यले मेगा बैंकले ग्राहकलाई यो अफर ल्याएको बैंकले जनाएको छ ।

मेगा बैंक र एनसेलको सहकार्यका लागि बैंककी प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली र एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

प्रिलोडेड रुपमा रहेको ५०० एमबी डाटा (इन्टरनेट), ५० मिनेट टक टाइम तथा ५० एसएमएस प्याकेज भएको एनसेलको सिमकार्ड नयाँ खाता खोल्ने ग्राहकका साथसाथै यो निक्षेप योजना अन्तर्गत मेगा स्मार्ट मोबाइल बैंकिङ सुविधा उपभोग गर्नुहुने ग्राहकलाई निःशुल्क उपलब्ध गराइने मेगा बैंकले जनाएको छ ।

यसरी पाइने सिम कार्डबाट बैंकको मेगा स्मार्ट मोबाइल बैंकिङ र मेगा अनलाइन बैंकिङको प्रयोग गर्न अनलिमिटेड इन्टरनेट सुविधा निःशुल्क उपलब्ध हुनेछ ।

‘मेगा लोकप्रिय बचत खाता’ खोल्नासाथ ग्राहकले प्राप्त गर्ने उक्त सिम कार्डमा मासिक एक सय रुपियाँ मात्र रिचार्ज गर्नासाथ सम्पूर्ण प्याकेजसहितको सेवाको निरन्तरता हुनेछ ।

Published : Sunday, 2021 August 8, 7:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया