कांग्रेसको प्रदेशस्तरीय प्रशिक्षण साउन ३१ देखि

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले साउन ३१ गतेदेखि महाधिवेशन प्रतिनिधिका लागि प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम शुरू गर्ने भएको छ ।

प्रतिष्ठानका कार्यकारी निर्देशक पुरुषोत्तम दाहालका अनुसार साउन ३१ र ३२ गते गण्डकी प्रदेशको पोखरामा गण्डकी प्रदेशस्तरीय प्रशिक्षण हुनेछ । गण्डकी प्रदेशको प्रशिक्षणमा करीव ३५० जनाको सहभागिता रहनेछ ।

दोस्रो प्रशिक्षण भदौ २ र ३ गते प्रदेश ५ को रुपन्देहीमा हुनेछ । प्रशिक्षणमा ४ सयभन्दा बढीको सहभागिता रहनेछ ।

तेस्रो भदौ ५ र ६ गते कर्णाली प्रदेशको सुर्खेतमा हुनेछ । सो प्रशिक्षण कार्यक्रममा २ सयभन्दा बढीको सहभागिता हुनेछ ।

सातै प्रदेशमा गर्ने भनिएको महाधिवेशन प्रतिनिधिका लागि दुई दिने प्रशिक्षण कार्यक्रम प्रदेश १ र सुदूरपश्चिम प्रदेशमा भने केही समयपछि मात्र संचालन गरिनेछ ।

नेपाली कांग्रेसको सांगठनिक संरचना र विधान, पार्टीका महत्वपूर्ण प्रस्ताव र आर्थिक आधार लगायत वर्तमान सरकारको मूल्यांकन, जनतासंग संवाद र सम्पर्कका बारेमा प्रशिक्षण दिइनेछ ।

Published : Monday, 2019 August 5, 10:06 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया