सीतालाई कहिल्यै निकाे नहुने राेग, दुबई रमाइलाे गरेर फर्कियाे प्रचण्डकाे परिवार

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नीलाई दुबईमा घुमाएर स्वदेश फर्किएका छन् ।

प्रचण्डसहित उनको परिवार शनिबार राति काठमाडौं उत्रिएको हो ।

बिरामी पत्नी सीता दाहाललाई लिएर प्रचण्ड गत मंगलबार दुबई घुम्न गएका थिए । दुबईमा प्रचण्डको परिवार सबैभन्दा महँगो होटेलमा बसेको थियो ।

सीतालाई जीवनभर निको नहुने रोग प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सी (पीएसपी) लागेको छ ।

सीताको मन बहलाउन प्रचण्ड बेला–बेलामा विभिन्न ठाउँमा घुम्न निस्किन्छन् ।

उनीहरूको दुबई भ्रमण पनि त्यसैको निरन्तरता भएको प्रचण्डको सचिवालयको भनाइ छ । प्रचण्डसँग दुई छोरीहरू रेणु दाहाल र गंगा दाहाल, सहयोगीहरू तथा नाती नतिनाहरू पनि दुबाई गएका थिए ।

दुबईबाट फर्किएका प्रचण्डलाई स्वागत गर्न ऊर्जामन्त्री वर्षमान पुन, पर्यटनमन्त्री योगेश भट्टराई, खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए ।

Published : Sunday, 2019 August 4, 3:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया