दाङमा सम्राट सिमेन्टको भवन भत्किँदा ३ भारतीयको मृत्यु

लमही । दाङ जिल्लाको लमही नगरपालिका वडा नम्बर ७ कमानपुरस्थित निर्माणधीन सम्राट सिमेन्ट कम्पनीको नयाँ भवन भत्किँदा तीन जना कामदारहरूको मृत्यु भएको छ ।

शुक्रबार बिहान करीव साढे एक बजे सम्राट सिमेन्ट कम्पनीको बन्दै गरेको नयाँ भनव बनाउने क्रममा बिम भत्किन गई कामदारहरू ५ तलामाथिबाट खसेर घाइते भएको दाङ प्रहरीले जनाएको छ ।

घाइते उनीहरूको उपचारका लागि फोलोरेन्स अस्पताल लमही पठाएकोमा ३ जना व्यक्तिको उपचारकै क्रममा मृत्यु भएको थियो ।

मृत्यु हुनेमा भारत झारखण्ड प्रदेश जिल्ला राची गाउँ बगलपुर वर्ष ४५ का मंगल केस्यप, वर्ष २२ का दयाल हेरेन्द्र र वर्ष ४६ का लाल सायप रहेका छन् ।

घाइते दुई जनालाई बुटवल रिफर गरिएको छ । १ जना सामान्य उपचारपछि डिस्चार्ज गरिएको छ ।

वर्ष २२ का दीपेन गोडालाई उपचारपछि डिस्चार्ज गरिएको छ । घाइते हुनेमा भारत झारखण्ड प्रदेश जिल्ला राची गाउँ बगलपुर बस्ने वर्ष २२–२३ का अजय हेरेन्द्रको खुट्टा र टाउकोमा चोट लागेको छ । उनीको अवस्था गम्भीर रहेको छ ।

सोही स्थानका वर्ष ४६ का नरेन्द्र सइबेनको खुट्टा र टाउकोमा चोट लागेको छ । उनको अवस्था पनि गम्भीर छ ।

Published : Saturday, 2019 June 15, 12:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया