कम्युनिस्ट सरकारविरुद्ध ललितपुरमा आगो बल्यो (तस्वीर)

ललितपुर । कम्युनिस्ट सरकारविरुद्ध ललितपुर जिल्लामा शुक्रबार स्थानीयले मसाल जुलुस निकालेका छन् ।

सरकारले ल्याएको गुठी विधेयकको विरोधमा शुक्रबार साँझ स्थानीयले मसाल जुलुस निस्किएका हुन् ।

पाटन दरबार स्वायरबाट बेलुका साढे ६ बजे मसाल जुलुस शुरु भएको थियो ।

करीव आधा घण्टासम्म मसाल जुलुस निकालिएको थियो । मसाल जुलुस पाटन मंगलबजारबाट शुरु भएर गाभाहल, असोक हल, पाटन ढोका हुँदै पुनः मंगलबजारमा आएर सम्पन्न भएको थियो ।

गुठी संरक्षण आन्दोलनका अभियन्ता रविन्द्र ताम्राकारले सरकारले गठी विधेयकमार्फत संस्कृति, सम्पदा मास्न खोजेको र सामान्य रुपमा आन्दोलन गर्दा सुनुवाई नभएकाले मसाल जुलुस निकाल्नुपरेको बताएका छन् ।

न्युच्छे महर्जनले सरकारले गम्भीर भएर नसोच्दा जनताले आगो बालेर हिड्नुपर्ने अवस्था आएको बताएका छन् ।

यसअघि बिहीबार कम्युनिस्ट सरकारविरुद्ध ललितपुरका नेवार समुदायले भव्य प्रदर्शन गरेका थिए । गठी विधेयकको विरोधमा दैनिक जसो प्रदर्शन हुँदै आएको छ ।

    

Published : Friday, 2019 June 14, 10:23 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया