महिनावारीका बेला यौन सम्पर्क कति उचित ?

काठमाडौं । महिलालाई महिनावारीका बेला पीडा हुने गरेको छ । धेरै महिलाहरू महिनावारीको समयमा हुने दुखाईबाट पीडित हुन्छन् ।

महिनावारीको बेला महिलाको शरीरमा अनेक प्रकारका हार्मोनल परिवर्तन हुने गर्छ । महिनावारी भएका बेला महिलाहरूले खानपान लगायत धेरै कुरामा ख्याल राख्नु पर्दछ ।

महिनावारीको समय यौन सम्बन्ध राख्नु हुँदैन । किनकी महिनावारीको समय यौन सम्पर्क राख्दा निकै कष्टदायी हुन्छ । त्यसको धेरै साइड इफेक्ट पनि हुन सक्छ ।

महिनावारीको समय यौन सम्पर्क गर्दा गर्भ रहँदैन भन्ने कतिपयको सोँचाइ छ । विभिन्न संक्रमणबाट जोगिन महिनावारी भएको समयमा यौन सम्बन्धबाट टाढै रहनु पर्छ ।

महिनावारीको समय पर्याप्त मात्रामा पौष्टिक तत्वयुक्त खाना खानु पर्छ । महिनावारीको समय शरीर निकै कमजोर हुनेगर्छ । यो समय फलफूल तथा पोषणयुक्त खाना खाइरहनु पर्दछ ।

महिनावारीको समयमा धेरैलाई पेट दुख्दा पीडा हुने वा पिठ्यू दुख्ने हुन्छ । यस्तो समयमा सकेसम्म शारीरिक श्रम गर्नु हुँदैन ।

महिनावारीका बेला हरेक ३–४ घण्टामा प्याड परिवर्तन गर्नु पर्दछ । यदि प्याडको साटो कपडा प्रयोग गर्ने गरेमा सकेसम्म सुतीको कपडा मात्र प्रयोग गर्नुपर्छ ।

कपडा पनि ३–४ घण्टामा परिवर्तन गर्नु पर्दछ । यसले संक्रमणबाट जोगाउनुका साथै दुर्गन्धबाट पनि टाढा राख्न मद्दत गर्दछ ।

महिनावारीको समय निकै कसिलो कपडा लगाउनु हुँदैन । यो बेला सकेसम्म सुतीको, हलुका अनि खुकुला लुगा कपडा लगाउनु पर्छ । यस्ता कपडा लगाउँदा हावा पास हुने गर्छ ।

Published : Saturday, 2019 April 20, 5:30 pm

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया