रक्सी पिउँदा के–के हुन्छ नोक्सानी ?

काठमाडौं । मदिरा सेवनले शरीरलाई असर पार्ने गरेको त सबैलाई थाहै छ । यसबारेमा धेरै बताइ रहनु पर्दैन । नियमित मदिरा सेवनले शरीरमा ठूला ठूला रोग लाग्ने गरेको चिकित्सकहरू बताउँछन् ।

मदिराको सेवनले कलेजोलाई ठूलो नोक्सान पुगाउँछ । दैनिक मदिरा सेवन गर्नाले मुखमा क्यान्सरको सेल बढाउँदै जान्छ । जसले मुखमा क्यान्सर हुने खतरा बढ्दै जान्छ ।

मदिराले घाँटीको क्यान्सर पनि हुन्छ । लामो समयसम्म मदिरा सेवन गर्ने बानीले घाँटीको क्यान्सर मात्र होइन, रगत बान्ता गर्ने समस्यासमेत देखिन थाल्छ ।

मदिरा सेवनले ‘लिभर डिजिज’ अर्थात् कलेजोको संक्रमण गराउँछ । कलेजोको सुरक्षाका लागि मदिरासेवन खतरनाक मानिन्छ । निरन्तर मदिरा सेवनका कारण कलेजो ड्यामेज नै हुन सक्छ ।

दैनिक मदिरा सेवनले शरीरको रक्तसञ्चार बिगार्छ । परिणाम ब्रेन स्ट्रोकको खतरा बढ्दै जान्छ ।

मदिराले मुटुमा पनि असर पार्छ । मुटु मानव शरीरको अति संवेदनशील अंग हो । शरीरमा मदिराको मात्रा बढ्दै गयो भने रक्तसञ्चारको गति पनि तीव्र हुन्छ । हर्ट डिजिज हुनै सम्भावना अत्यन्त बढी हुन्छ ।

उच्च रक्तचापका कारण कुन समयमा मानिस मृत्युनजिक पुग्छ भन्ने टुंगै हुँदैन । नियमित मदिरा सेवनका कारण निम्तिने अर्को रोग उच्च रक्तचाप पनि हो ।

३० एमएल मदिरामा एक सय क्यालोरी हुन्छ । लिमिटभन्दा बढी मदिरा सेवनले क्यालोरीको मात्रा पनि बढ्दै जान्छ । यति मात्र होइन, मदिरा सेवनले ब्रेनमा डोपामाइन हर्मोन उत्पादन गर्छ ।

डोपामाइनले तीव्र गतिमा रक्तसञ्चार बढ्न थाल्छ । जसको कारण रक्तचापको लेभल बढ्दै जान्छ । मदिराले मुटुको कम्पनलाई समेत बढाउँछ । रगतमा असर पर्दै जाँदा रगतमा चिनीको मात्रा पनि कम हुँदै जान्छ ।

फलस्वरूप आँखा धमिलो हुने समस्या देखा पर्छ । शरीरमा मदिराको मात्रा बढ्दै जाँदा कार्टिसोल हर्मोनको मात्रा पनि बढ्छ र तनावलाई बढाउँदै लान्छ ।

Published : Wednesday, 2017 November 22, 7:54 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया