घुँडा दुख्ने समस्याको उपचार कसरी गर्ने ?

काठमाडौं । घुँडामा हुने बाथरोग विशेषगरी ४५ वर्ष उमेरपछि महिला–पुरुषमा देखिने गर्दछ । तर, युवाहरूमा यो रोग नदेखिने भन्ने होइन ।

बाथरोग वंशाणुगत हुन्छ । साथै, चोटपटकका कारण र धेरै तौल भएका मानिसमा बाथरोग हुन्छ । कहिलेकाहीँ विभिन्न कारणले घुँडाको लिगामेन्ट एक–आपसमा छुट्टिन्छ र घुँडा सुन्निने हुन्छ ।

विभिन्न अध्ययनअनुसार बाथरोग पुरुषमा भन्दा महिलामा बढी देखिन्छ । बाथरोग लागेका मानिसलाई शारीरिक मुभमेन्ट गर्न असहज हुन्छ । महिलाले घरमा धेरै काम गर्ने, तौल बढी हुनेलगायतका कारण घुँडाको बाथ देखिने गर्दछ । शरीरमा क्याल्सियमको कमी हुने हुँदा घुँडा खिइने हुन सक्छ ।

उपचार

घुँडा दुखेको कारण पत्ता लगाएपछि मात्र उपचार के कसरी गर्ने भन्न सकिन्छ । घुँडामा समस्या भएको एक्सरे वा एमआरआईबाट मात्र थाहा हुन्छ ।

कहिलेकाहीँ ब्लड टेस्टबाट पनि बाथरोग थाहा पाउन सकिन्छ । अल्टरनेटिभ थेरापी चिकित्सकको सल्लाहबमोजिम गर्न सकिन्छ । घुँडामा क्रिम लगाउने, अकुपंचर गर्ने, घुँडाको सेप मिलाउने, घुँडामा धेरै समस्या देखियो भने घुँडा रिप्लेसमेन्ट गर्न सकिन्छ ।

लक्षण

घुँडा दुख्ने ।

काम गर्ने समयमा घुँडा दुखे पनि आराम गर्दा कम हुने हुन्छ ।

घुँडा सुन्निने र तातो भइरहन्छ ।

बिहानको समयमा घुँडा कडा हुने गर्छ ।

धेरै बेर बस्दा घुँडा कडा भएर उठ्न गाह्रो हुन्छ ।

यता–उता गर्दा घुँडाबाट कर्‍याककर्‍याक गरेको आवाज सुनिन्छ ।

घुँडाको मोबिलिटी कम हुन्छ ।

कसरी बच्ने ?

महिलामा बढी बाथरोग लाग्ने भएकाले काम धेरै नगर्ने ।

आफ्नो तौल मेन्टेन गर्ने ।

चिसोबाट घुँडा बचाउने ।

क्याल्सियम खाने ।

सागपात, दूध प्रशस्त मात्रामा खाने ।

व्यायाम गर्ने ।

दुखाइ कम गर्ने औषधि खाने ।

१० दिनभन्दा बढी दुखाइ कम गर्ने औषधि खानु हुँदैन ।

Published : Wednesday, 2017 November 1, 7:34 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

*

फेसबुकबाट तपाईको प्रतिक्रिया