तिहारको खान्कीले जे पनि हुन सक्छ, यी कुरामा ध्यान दिनुस्

काठमाडौं । हिन्दूहरूको दोस्रो ठूलो पर्व तिहारमा मिठामिठा परिकार बनाएर खाने परम्परा छ । विशेष गरेर तिहारमा मिठाइ धेरै प्रयोग हुन्छ ।

चिल्लो–पिरो खानेकुराको अत्यधिक सेवन, कार्बाइड प्रयोग गरिएका फलफूलको सेवन गर्नुका साथै विभिन्न रङ प्रयोग गरिएका मिठाई खाँदा स्वास्थ्यमा धेरै असर गर्छ । रङमिश्रित वा दूषित घिउ, तेलको प्रयोग गरिएको पनि पाइन्छ ।

अस्वस्थ्यकर खाना खाँदा मानिसमा अपच, अमिलो डकार आउने, पेट ढुस्स फुल्ने,  आउँ, पखाला, रिंगटा लाग्ने, आँखा पोल्ने, बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट हुने, ज्वरो, हैजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ (अल्सर) हुने, उच्च रक्तचाप, मुटुसम्बन्धी, मिर्गौलासम्बन्धी, कलेजोसम्बन्धी, मधुमेह इत्यादिको खतरा बढ्ने गर्छ ।

चिल्लो–पिरो खाँदा पेटको माथिल्लो मुख खुली पेट पोल्ने । अम्लपित्त, अल्सर उत्पन्न हुने । उच्च रक्तचाप, हृदयाघातजस्ता रोग लाग्ने । क्यान्सर वृद्धिमा सघाउने । कार्बाइड प्रयोग गरिएका फलफूल खाएमा मुखमा घाउ आउँछ । वाकवाकी तथा बान्ता हुन्छ । पखाला लाग्ने, ग्यास्ट्रिक पेटसम्बन्धी गम्भीर समस्या उत्पन्न हुन्छ । फुड प्वाइजनिङसमेत हुन्छ । फस्फोरस, आर्सेनिक र क्याल्सियम कार्बाइडको प्रयोगले क्यान्सरसमेत हुन सक्छ । फोक्सोमा, स्नायु प्रणाली र शरीरको प्रतिरक्षा प्रणाली कमजोर बनाउने लक्षण देखिन्छ ।

मिठाई खाँदा होसियारी अपनाउनु पर्छ । यदि होसियारी अपनाइएन भने मिठाईको खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउनाले हुनले पेट दुख्ने, पखाला लाग्ने हुनसक्छ । अपच हुने, बान्ता आउने, हैजा लाग्ने सम्भावना पनि रहन्छ ।

मिठाईलाई सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजवैटिभले जिब्रोमा स–साना खटिरा, पेट पोल्ने, मुखमा अमिलो पानी आउने समस्या हुन सक्छ । सास गनाउने, दाँत सड्ने, रङमिश्रित वा दूषित घिउ, तेलको असर, रक्तकोषिकाहरू विषाक्त भई शरीरमा रगत कम हुने, रोगसँग लड्ने क्षमता घट्ने, भित्री कोमल अंगहरू कलेजो, मुटु, मिर्गौला, कमजोर हुनुका साथै क्यान्सर हुने सम्भावना बढ्ने हुन्छ ।

बाँझोपन, आँखा, कान कमजोर हुन सक्ने । सन्तान लुला, लंगडा एवं अपांग र ट्युमर, क्यान्सर हुन सक्ने । पुरुषको बीजकोष मार्दै लिंग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने । मिर्गौला तथा कलेजोमा घाउ हुने र छालामा दीर्घरोग देखिन जस्ता रोग पनि अस्वस्थ्य मिठाइ खाँदा हुन सक्छ ।

मिठाई किन्दा गुणस्तरको ग्यारेन्टी गर्ने पसलबाट मात्रै किन्नु उपयुक्त हुन्छ । बजारबाट तयारी सामग्री नकिन्ने, यदि किन्नैपरेमा खाद्य रङ राखी बनाइएका मिठाईभन्दा अखाद्य रङ प्रयोग गरेका मिठाई किन्नु राम्रो हुन्छ । खाद्य पदार्थलाई प्लास्टिकले बेरेर र भ्याकुम बनाएर फ्रिजमा राख्न हुन्न । प्लास्टिकले बेरेर वा ¥यापिङ गरेका सामान एक–दुई दिनमा प्लास्टिकले अखाद्य बनाउँछ ।

विभिन्न रङ प्रयोग नगरिएका मिठाई खाने गर्नुस् । एकपटक प्रयोग गरिसकेको तेल र घिउ फेरि प्रयोग नगर्ने । डब्बाका मिठाई खोलेको २४ घन्टाभित्र खाइसक्नुपर्छ । घरमा बनाइएको मिठाई सकेसम्म छिटो खानुपर्छ ।

ढुसी परेका, ओसिएका काजु, मकै, बदाम, सुपारी आदि मसला खानु हुँदैन । फलफूल किन्दा दाग नलागेका, रंगीन, कार्बाइड राखी पकाइएका नकिनी सफा र ताजा छान्नुपर्दछ । फलफूल किन्दा टल्कने, प्लास्टिकले बेरिएका फलफूल नकिने कै उचित रहन्छ ।

Published : Monday, 2017 October 16, 8:24 am

यसमा तपाइको मत

तपाइको इमेल गोप्य राखिनेछ

फेसबुकबाट तपाईको प्रतिक्रिया