क्रियाशील सदस्यता रोकेर राखेको भेटिए केन्द्रबाटै कांग्रेसले हस्तक्षेप गर्ने
काठमाडौं । नेपाली कांग्रेसको क्रियाशील सदस्यताको कुनै संरचनाले रोकेर राखेको भेटिए केन्द्रले हस्तक्षेप गर्ने भएको छ ।
बिहीबार वीपीनगर, ललितपुरस्थित कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको सदस्यता व्यवस्थापन समितिको बैठकले सदस्यता फारम रोकेर राख्ने प्रवृत्तिलाई रोक्ने निर्णय गरेको महामन्त्री एवम् समितिका सदस्य योगेन्द्र चौधरीले बताएका छन् ।
सदस्य चौधरीले उपल्लो तहले सदस्यता फारम रोकेर राखेको भेटियो भने त्यसमा गाँठो फुकाउने कुरा भएको बताए । उनले कहाँ–कहाँ होल्ड गरिएको छ त्यसबारेमा अर्को बैठकबाट निर्णय लिने सहमति भएको बताएका छन् ।
फारम रोकेर काम नगरिएका स्थानका बारेमा छलफल भएको छ । गुटगत समस्याले पनि सदस्यता वितरण र नवीकरणका कार्य प्रारम्भ हुन नसकेकोमा समिति चिन्तित भएको छ ।
सदस्यता व्यवस्थापन समितिको अर्को बैठक १८ पुसमा बस्नेछ । समितिमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, प्रकाश रसाइली र योगेन्द्र चौधरी सदस्य छन् ।
महाधिवेशन भएको वर्ष सदस्यता वितरण र नवीकरण गर्न नपाउने विधानको व्यवस्था छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया