तरुण अध्यक्ष गुरुङसहित तरुण नेताहरूद्वारा हलेसी महादेवको दर्शन
हलेसी । संगठनको काममा जाने क्रममा नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङसहितका तरुण नेताहरूले खोटाङ जिल्लामा रहेको हलेसी महादेवको पूजाअर्चना गरेका छन् ।
शुक्रबार बिहान अध्यक्ष गुरुङले हलेसी महादेव र सँगै रहेको बौद्ध गुम्बामा पूजा गरेका हुन् । त्यस क्रममा गुरुङसँगै तरुण नेताहरूको पनि सहभागिता रहेको थियो ।
मंसिर २९ र ३० गते भोजपुरमा हुन गैरहेको नेपाल तरुण दलको कोशी प्रदेश सम्म्लेनलाई सम्बोधन गर्न खोटाङ हुँदै अध्यक्ष गुरुङ भोजपुर जान लागेका छन् । सोही क्रममा हलेसी महादेव र सँगै रहेको बौद्धको गुम्बामा दर्शन गरेका हुन् ।
कोशी प्रदेशअन्तर्गतका तरुण दलका केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरू सहभागी हुने उक्त सम्मेलनमा अध्यक्ष गुरुङसँगै केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्षहरू भोजपुरतर्फ प्रस्थान गरेका छन् ।
खोटाङमा रहेको हलेसी महादेवको मन्दिर पूर्वको पशुपतिनाथ भनेर प्रशिद्ध रहेको छ । हलेसीमा महादेवको मन्दिरसँगै बौद्ध गुम्बा पनि रहेको छ । हिन्दु र बौद्ध धर्मको अदभूत धार्मिकस्थलका रुपमा हलेसीलाई लिने गरिन्छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया