ठिमीमा टोले गुण्डाहरूद्वारा युवा व्यवसायी विकास भण्डारीमाथि सांघातिक हमला (भिडियो)
काठमाडौं । भक्तपुरको ठिमीमा रहेको अरेबिका कफी शपमा तीन जना गुण्डाहरू प्रवेश गरी व्यवसायी विकास भण्डारीलाई कुटपिट गरेका छन् ।
मंगलबार मध्यान्ह करीव सवा १२ बजेतिर व्यवसायी भण्डारीलाई रोज भण्डारी, सुजन श्रेष्ठ र तामाङ थर गरेका व्यक्तिले कुटपिट गरेको सीसीटीभीको भिडियोमा देखिएको छ ।
व्यवसायी विकास भण्डारी टेबलमा बसे साथीहरूसँग बसेर कफी खाइरहेका छन् । दलबलसहित आएका ३ जनाको टोले गुण्डाहरूको गिरोहले लात्ती, मुड्की र नजिकै रहेका विभिन्न सामग्रीले अन्धाधुन्द प्रहार गरेका छन् ।
कुटपिटमा संलग्न गुण्डाहरूका विरुद्ध व्यवसायी विकास भण्डारीले ठिमी प्रहरीमा जाहेरी दिएका छन् । प्रहरीले कुटपिटमा संलग्न टोले गुण्डाहरूलाई पक्राउ गर्न खोजी कार्य शुरु गरेको जनाएको छ । यो समाचार तयार पार्दासम्म प्रहरीले कुटपिटमा संलग्न टोले गुण्डाहरूलाई पक्राउ गर्न सकेको छैन ।
(भिडियो)
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया