सभापति देउवाद्वारा विभागको सदस्यहरूमा १० नेताहरूलाई मनोनयन
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बालबालिका तथा किशोर किशोरी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
आइतबार कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले विभागमा दश सदस्यहरू मनोनयन गरेका हुन् । विभागका प्रमुख डा.जीवन रानाको सिफारिसमा सभापति देउवाले सदस्यहरू मनोनयन गरेका हुन् ।
मनोनयन हुने सदस्यहरूमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया गिरी (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ (कास्की), खलिल खाँ (बाँके) रहेका छन् ।
रूपा वि.क. (रूपन्देही) सुशीला बम (कालीकोट), यादवकृष्ण चौधरी (बारा), हरि अधिकारी (कञ्चनपुर) र भागिरथी विष्ट (कञ्चनपुर) पनि विभागको सदस्यमा मनोनयन भएका छन् ।
Published : Sunday, 2024 December 8, 3:06 pm
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया