हेटौँडामा गाँजाको पोकाहरूसहित दुईजना पक्राउ
काठमाडौं । जिल्ला प्रहरी कार्यालय मकवानपुरले ७१ किलो ७०० ग्राम गाँजासहित २ जना मानिसलाई पक्राउ गरेको छ ।
सोमबार राति १२ः३० बजेको समयमा विशेष सूचनाको अधारमा इलाका प्रहरी कार्यालय नेवारपानीको टोलीले हेटौँडा गाँजासहित २ जनालाई पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
उपमहानगरपालिका वडा नं. १९ तिनताप्केस्थित मनहरीबाट हेटौडातर्फ जादै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको पिकअप गाडीलाई रोकी चेकजाँच गर्ने क्रममा गाँजा बरामद भएको छ ।
मकवानपुरको राक्सीराङ गाउँपालिका वडा नं. ९ बस्ने वर्ष २० को मिलन घलान र सोही ठाउँ बस्ने वर्ष २६ को दावा थिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
Published : Tuesday, 2024 November 26, 1:32 pm
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया