परराष्ट्रमन्त्री डा.राणाको चीन भ्रमण स्वीकृत
काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको चीन भ्रमणलाई मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषदको बैठकले परराष्ट्रमन्त्री डा.राणाको चीन भ्रमणलाई स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
गुरुङले भने, ‘मन्त्रिपरिषदले प्रधानमन्त्रीको चीन भ्रमणको सन्दर्भमा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाको मंसिर १३ गतेदेखि १५ गतेसम्मको भ्रमणको प्रतिनिधि मण्डलको जुन जुन सदस्य हुनुहुन्छ, चीनको भ्रमणको स्वीकृति प्रदान भएको छ ।’
परराष्ट्रमन्त्री डा.राणा मंसिर १३ गते चीन प्रस्थान गर्ने कार्यक्रम छ । प्रधानमन्त्री ओली मंसिर १७ चीनको औपचारिक भ्रमणमा जाने मन्त्री गुरुङले बताए ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया