ओखलढुङ्गाकी नवीनालाई अपराधको टोलीद्वारा सिनामंगलबाट पक्राउ
काठमाडौं । नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुले न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने २४ वर्षीया नवीना दाहाललाई पक्राउ गरेको छ ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी न्युजिल्याण्ड पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ओखलढुङ्गाको सिद्धिचरण नगरपालिका–४ घर भई हाल भक्तपुरको मध्यपुर ठिमी बस्ने नवीनालाई सोमबार प्रहरीले पक्राउ गरेको विज्ञप्तिमार्फत जनाएको छ ।
नवीनाले न्युजिल्याण्ड पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख रूपियाँ लिई सम्पर्कबिहीन भएको अभियोग लागेको छ ।
पीडितको उजुरीको आधारमा प्रहरीले नवीनालाई काठमाडौंको सिनामंगलबाट पक्राउ गरेको छ ।
नवीनालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया