गायक पाण्डेको ‘माया खै’, मायाप्रेमको बियोगान्त पीडा (भिडियो)
काठमाडौं । गायक एवम् संगीतकार भुपु पाण्डेले ‘माया खै’ बोलको गीत रिलिज गरेका छन् ।
आफ्नै शब्द रहेको गीतको म्युजिक भिडियोमा जुना विश्वकर्माले गायक पाण्डेलाई साथ दिएकी छिन् । गीतमा पवित्रा गुरुङको पनि स्वर रहेको छ ।
वियोगान्त मायाप्रेमको कथा र शब्द गीतमा सुन्न र देख्न पाइन्छ । आधुनिक लोक लयमा रहेको गीतमा गाउँको मायाप्रेमलाई भिडियोमा देखाइएको छ । म्युजिक भिडियोमा मन पराएको मान्छे गुमाउनु परेको पीडालाई देखाइएको छ ।
गायक पाण्डेले गाउँका युवाहरूको समस्या र समाजको पीडालाई गीतमा देखाउन खोजिएको बताए । उनले भने, ‘माया प्रेमलाई सरल भाषामा देखाउन खोजिएको छ । केटो कमाउन विदेशमा गएपछि आफूले रुचाएको केटी गुमाउनु परेको पीडा खाइएको छ ।’
गायक पाण्डेले हरेक गाउँमा देखिने समस्या र पीडालाई आफूले गीत र म्युजिक भिडियोमार्फत देखाएको बताए । भिडियोमा गायक पाण्डेले पनि अभियन गरेका छन् ।
गायक पाण्डेले म्युजिक भिडियोलाई दाङको बंगलाचुली गाउँपालिकाको दार्मामा गराएका छन् । गीतको अवधारणा, निर्माता र निर्देशन गायक पाण्डे नै हुन् ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया