सभापति खतिवडाद्वारा बाढीपहिरोबाट प्रभावित १६ परिवारलाई आर्थिक सहयोग प्रदान
काठमाडौं । नेपाली कांग्रेसका नेता एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले बाढी, पहिरोपीडितलाई आर्थिक सहयोग गरेका छन् ।
सोमबार गृहजिल्ला ओखलढुङ्गामा सभापति खतिवडाले व्यक्तिगत रुपमा १६ घर परिवारलाई जनही ५/५ हजारका दरले आर्थिक सहयोग गरेका हुन् । बाढीपहिरोबाट भएको क्षतिका बारेमा खतिवडाले प्रभावित क्षेत्रमा पुगेर जानकारी लिएका छन् ।
शनिबार आएको बाढी र पहिरोले सुनकोशी गाउँपालिकाको वडा नं. १, २ र ४ का १६ घरपरिवारलाई नोक्सानी भएको थियो ।
सभापति खतिवडाले प्रभावित व्यक्तिहरूलाई भेटेर जनही ५/५ हजार रुपियाँ प्रदान गरेका छन् ।
सभापति खतिवडाको विशेष पहलमा नेपाल सरकारले सुनकोशी गाउँपालिका र चम्पादेवी गाउँपालिकलाई बाढीपहिरो प्रभावित संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ ।
कोशी प्रदेश सभाका सदस्य प्रदीप सुनुवार, सिद्दिचरण नागरपालिकाका नगरप्रमुख तेजेन्द्र खनाल, सुनकोशी गाउँपालिकाका प्रमुख कमल तामाङ, नेपाल ट्रेड युनियान कांग्रेसका पूर्वअध्यक्ष खिलानाथ दाहाल लगायतको आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा सहभागिता रहेको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया