वैशाखमा डोल्माको शव फेला, हत्यामा संलग्न व्यक्ति बल्ल पक्राउ
काठमाडौं । श्रीमतीको हत्या गरी फरार भएका व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।
२०८१ वैशाख १९ गते नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नं. ७ घर भई हाल काठमाडौंका दक्षिणकाली नगरपालिका वडा नं. ६ बस्ने वर्ष ४५ की डोल्मा शेर्पाको आफ्नै डेरा कोठामा मृत्यु भएको थियो । डोल्माको मृत्यु भएको सम्बन्धमा अनुसन्धान गर्दै जाँदा मृतकका श्रीमान् जितबहादुर भन्ने काले तामाङले कुटपिट गरी कर्तब्य गरी हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
निज प्रतिवादी वारदात मितिदेखि नै फरार भई उपत्यकाका बिभिन्न ठाउँमा लुकीछिपी बस्दै आएकोमा जितबहादुर भन्ने काले तामाङलाई मिति २०८१ असोज २० गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भक्तपुर नगरपालिका वडा नं. १० छालिङबाट पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीको लागि पक्राउ परेका जितबहादुरलाई प्रहरी वृत्त कीर्तिपुर पठाइएको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया