दुग्ध संस्थानले आफ्ना उत्पादनको मूल्य ह्वात्तै घटायो
काठमाडौं । चाढपर्व नजिक आएका बेला उपभोक्ताहरूलाई राहत दिन नेपाल दुग्ध विकास संस्थानले आफ्नो उत्पादनको मूल्य घटाएको छ ।
संस्थानले दुधको प्रतिलिटर दुई रुपियाँ र दहीको १० रुपियाँ मूल्य घटाएको छ । पनिर आधा किलोमा २० रुपियाँ, रसबरी र लालमोहन बट्टामा २० रुपियाँ, आइसक्रिम आधा लिटरको ३५ रुपियाँ घटाएको संस्थानले जनाएको छ ।
फ्रेस मिल्क दुई सय मिलि लिटरको १० रुपियाँ, खुवा किलोको ४० रुपियाँ, चिज आधा किलोमा ५० रुपियाँ, खुला मखन किलोमा ६५ रुपियाँ र घ्यु किलोमा एक सय २० रूपियाँ घटाएको छ ।
आफ्नो उत्पादन महँङ्गो हुँदा संस्थानले बजार गुमाएको थियो । किसानलाई भुक्तानीमा समस्या हुँदै आएको थियो । मूल्य घटाएपछि संस्थानका उत्पादनहरूले बजार पाउनेछ ।
साउन लागेपछि चाडपर्वको मौसम सुरु भएसगै माग बढेर छ हजार लिटरसम्म पुगेको छ । संस्थानले दैनिक १२ हजार लिटर दुध सङ्कलन गर्दै आएको छ ।
बिचार/ब्लग
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस
कांग्रेस पार्टी रूपान्तरणका नाममा अहङ्कार कि विनाश ?
यामबहादुर मल्ल (रामकृष्ण)

फेसबुकबाट तपाईको प्रतिक्रिया