नुवाकोटका सुमनका कारण बागलुङका बलबहादुर पनि पक्राउ
काठमाडौं । सुनको सिक्री लुटपाट गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा नुवाकोटको दुप्चेश्वर गाउँपालका–४ घर भइ हाल काठमाडौं महानगरपालिका–८ कालोपुल बस्ने २५ वर्षीय सुमन तामाङ भन्ने मिङमार तामाङ रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले भने, ‘पक्राउ परेका निज तामाङले गएको साउन २२ गते काभ्रेपलाञ्चोक घर भइ हाल काठमाडौं डल्लु बस्ने तीर्थलाल तामाङलाई आफू प्रहरी वृत्त स्वयम्भूको सादा पोसाकको प्रहरी निरीक्षक हुँ भन्दै सुनको एक तोलाको सिक्री र नगद ६७ हजार रुपियाँ लिई फरार भएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।’
तामाङले ठगी गरेको सुनको सिक्री खरिद गर्ने बागलुङको काटेखोला गाउँपालिका–२ घर भई हाल काठमाडौं टोखा नगरपालिका–९ गोंगबुस्थित बागलुङ भगवती सुनचाँदी पसल सञ्चालन गरी बस्ने ६३ वर्षीय बलबहादुर सुनारलाई पक्राउ गरिएको एसपी आचार्यले बताए ।
पक्राउ परेका दुवै जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको छ । तामाङले नेपाल प्रहरीको प्रहरी निरीक्षक हुँ भन्दै लुटपाट लगायतका गैर कानूनी कार्य गरेको प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
कहाँ पुग्यो जेनजी आन्दोलन ?
युवराज संग्रौला

फेसबुकबाट तपाईको प्रतिक्रिया