खजुराबाट जबरजस्ती करणीको अभियोगमा पक्राउ
नेपालगञ्ज । बाँके जिल्लामा ४८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा २३ वर्षीय शिवशंकर मुराउलाई प्रहरीले पक्राउ गरेको छ ।
खजुरा गाउँपालिका–६ गिजरा फारम बस्ने मुराउलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।
मुराउले ती महिलालाई ललाई फकाई आफ्नो कोठामा लगेर डरत्रास देखाई जबरजस्ती करणी गरेको उजुरी परेको थियो ।
पीडितको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय धनौलीबाट खटिएको प्रहरीले मुराउलाई पक्राउ गरेको हो ।
Published : Tuesday, 2024 August 6, 7:31 pm
बिचार/ब्लग
मजदुरी गर्ने गरिबहरूले नेपालमै सस्तो सामान प्राप्त गर्ने वातावरण तयार गर्नु पर्छ : कांग्रेस नेता गुरुङ
कल्याण गुरुङ, नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया