कुशलको हत्या अभियोगमा सुभाष पक्राउ
विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङले हत्या गरेको अभियोगमा १ जनालाई पक्राउ गरेको छ ।
उर्लाबारी नगरपालिका–४ आइतबारे बस्ने २१ वर्षीय कुशल दाहालको बुधबार सुभाष तामाङले हत्या गरेका थिए । सुभाषलाई अभियोगमा सोही नगरपालिका–५ बस्ने सुभाषलाई प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।
।
सुभाषले मंगलबार साँझ आफ्नै कोठामा लाठी, खुकुरी, चुप्पीले प्रहार गर्दा गम्भीर घाइते भएका कुशलको झापाको विर्तामोडस्थित बिएण्डसी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
वारदात पश्चात फरार रहेका सुभाषलाई अस्थायी प्रहरी पोष्ट बलियाबाट खटिएको प्रहरीले सुन्दर हरैंचा नगरपालिका–४ बलियाबाट पक्राउ गरेको छ ।
सुभाष उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङबाट ४ दिन म्याद थप अनुमति लिई घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया