राप्रपाका नेता एवम् पूर्वराज्यमन्त्री रायको हत्या
काठमाडौं । सर्लाही जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य तथा पूर्व भूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ ।
आइतबार राति करीव ११ बजेर ३० मिनटमा अपरिचित व्यक्तिले धारिलो हतियार कट्टाको प्रयोग गरि हत्या गरेको प्रहरीले जनाएको छ ।
सर्लाहीको चन्द्रनगर गााउँपालिका वडा नं. १ रतनपुरस्थित फार्महाउस (खेती गर्नको लागि बनाइएको घर)मा रायको हत्या भएको हो । मृतक रायको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवमा राखिएको छ ।
घटनास्थल रतनपुरमा प्रहरीले कुकुर परिचालन गरि नेपाल प्रहरीद्वारा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
हत्याको घटनाबारे थप बिवरण आउन बाँकी रहेको सर्लाही प्रहरीले जनाएको छ ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया