‘प्रचण्ड’लाई लाग्यो झट्का, पोलिट व्युरोसहित १३ ठूला नेता एमालेमा प्रवेश
काठमाडौं । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य लालसिंह काउछाले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार साँझ काउछासहितका १३ जना नेताहरू एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई एमालेका अध्यक्ष केपी ओलीले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा सदस्यता दिएका हुन् ।
माओवादी छाडेर एमाले प्रवेश गर्नेहरूमा शिवजी लामिछाने, प्रेम न्यौपाने, रामबहादुर गिरी, मनोज खत्री, विष्णु शर्मा, हिमालय बख्रेल, बाबुलाल लामा, लोकबहादुर पुन मगर, प्रकाश खाँड, पदमबहादुर कुमाल, दिलकुमारी थापा र उमा हमाल रहेका छन् ।
एमालेमा प्रवेश गरेका सबै माओवादी केन्द्रका नेताहरू महत्वपूर्ण जिम्मेवारीमा बसेकाहरू हुन् ।
Published : Saturday, 2017 September 16, 9:57 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

यसमा तपाइको मत