‘प्रचण्ड’लाई लाग्यो झट्का, पोलिट व्युरोसहित १३ ठूला नेता एमालेमा प्रवेश

काठमाडौं । माओवादी केन्द्रका पोलिट व्युरो सदस्य लालसिंह काउछाले पार्टी परित्याग गरेर एमालेमा प्रवेश गरेका छन् ।
शुक्रबार साँझ काउछासहितका १३ जना नेताहरू एमालेमा प्रवेश गरेका हुन् । उनीहरूलाई एमालेका अध्यक्ष केपी ओलीले पार्टी मुख्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा सदस्यता दिएका हुन् ।
माओवादी छाडेर एमाले प्रवेश गर्नेहरूमा शिवजी लामिछाने, प्रेम न्यौपाने, रामबहादुर गिरी, मनोज खत्री, विष्णु शर्मा, हिमालय बख्रेल, बाबुलाल लामा, लोकबहादुर पुन मगर, प्रकाश खाँड, पदमबहादुर कुमाल, दिलकुमारी थापा र उमा हमाल रहेका छन् ।
एमालेमा प्रवेश गरेका सबै माओवादी केन्द्रका नेताहरू महत्वपूर्ण जिम्मेवारीमा बसेकाहरू हुन् ।
Published : Saturday, 2017 September 16, 9:57 am
फेसबुकबाट तपाईको प्रतिक्रिया
बिचार/ब्लग

कांग्रेसको कार्यसम्पादन समितिको निर्णयहरू
शेरबहादुर देउवा
स्ववियु निर्वाचन र स्ववियुमा विद्यार्थी संगठनको महत्व
रोशनराज ढाहाल
यसमा तपाइको मत