गगनको ‘लास’ र ‘दास’ बन्दा पनि सानेपाबाट जनसम्पर्क समिति जर्मनीमाथि ‘कु’
काठमााडौं । गगन थापाद्वारा भृकुटीमण्डपमा हाइज्याक भएको नेपाली कांग्रेसको निर्देशनहरूलाई पालना गर्दागर्दै नेपाली जनसम्पर्क समिति जर्मनीको कार्यसमितिमाथि सानेपाबाट ‘कु’ भएको छ ।
भृकुटीमण्डप भेलाबाट कांग्रेसलाई गगनले हाइज्याक गरेर निर्वाचन आयोग र सर्वोच्च अदालतबाट कानूनी मान्यता पाएका छन् । गगनले दिएका निर्देशन, परिपत्र र आदेशहरूको पालना गर्दा समेत जनसम्पर्क समिति जर्मनीमाथि ‘कु’ गरेपछि गगनकै भाषामा बदलिएको कांग्रेस अर्थात् २.० कांग्रेसको निरंकुश औकात देखिएको छ ।
क्रियाशील सदस्यता व्यवस्थापन समितिका संयोजक समेत रहेका महामन्त्री प्रदीप पौडेलले जनसम्पर्क समिति जर्मनीका सभापति शिखर खड्का र महामन्त्री सिजन दाहाललाई क्रियाशील सदस्यता अध्यावधि गरेकोमा धन्यवाद दिँदै केन्द्रीय प्रतिनिधि पठाएर तोकिएको समयभित्र अधिवेशन गर्न सहयोगको आश्वासन दिएका थिए । केन्द्रीय प्रतिनिधि पठाउन सभापति खड्का र महामन्त्री दाहालले २०८३ असार २७ गते सानेपालाई पत्र समेत पठाएका थिए । सानेपाबाट साउन १ गते लेखिएको पत्र अनुसार नेपाली जनसम्पर्क समिति जर्मनीको अधिवेशन गर्ने जिम्मेवारी विजय मोक्तानलाई दिइएको छ । गगनको आदेश निर्देशनलाई पालना गर्दा समेत शिखर खड्का नेतृत्वको नेपाली जनसम्पर्क समिति जर्मनीलाई भङ्ग गरेर विजय मोक्तानलाई संयोजकको जिम्मेवारी दिइएको छ । गगनले आफ्ना सार्वजनिक अभिव्यक्ति र भाषणहरू कसैलाई काखापाखा नगरी काम गर्ने भने पनि नेपाली जनसम्पर्क समिति जर्मनीमा ‘कु’ गरेर चरम निरंकुश अनुहार देखाएका छन् । गगनले भने जस्तै गगनका लागि ‘लास’ र ‘दास’ बन्दा समेत जनसम्पर्क समिति जर्मनीमाथि अन्या भएको छ । जर्मनीको घटनाले गगनसँग कुनै पनि नेता तथा कार्यकर्ता सुरक्षित छैनन् ।
केही दिन अगाडि कथित विशेष महाधिवेशनबाट बनेको सर्वसम्मत कार्यसमितिका प्रवक्ता देवराज चालिसे जर्मनीको भ्रमणमा पुगेका थिए । आफ्ना आसेपासेहरूसँग घुमघाम गरेर फर्किएको केही दिनभित्र देवराजकै कुरा सुनेर गगनले नेपाली जनसम्पर्क समिति जर्मनीमाथि ‘कु’ गरेको आरोप छ ।
सभापति शिखर खड्का र महासचिव सिजन दाहालले सानेपाको निर्देशानुसार क्रियाशील सदस्यता अध्यावधि विवरण समयमा पठाएका थिए । उनीहरूले अधिवेशनका लागि केन्द्रीय प्रतिनिधिको समेत माग गरेर सानेपालाई पत्र पठाएका थिए । उनीहरू गगनका लागि लास र दास बन्न पनि तयार थिए । तर, गगनले सानेपाबाट ‘कु’ गरेपछि कांग्रेसप्रति माया गर्ने जर्मनीमा रहेका समर्थकहरू चिन्तित बनेका छन् ।
उनीहरूले जनर्मनीमा रहेका ९२ पुराना र २३ नयाँसमेत गरी ११५ जना क्रियाशील सदस्यहरूको अनलाइन अध्यावधि गरिदिन सानेपाले तोकेअनुसारको मापदण्ड पूरा गरेर काम गरेका थिए ।



बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया