झण्डै दुईतिहाइको बालेन सरकार ब्याक, ६ देशका राजदूतको पदावधि थप
काठमाडौं । सरकारले कार्यकाल सकेर स्वदेश फर्कने तयारीमा रहेका ६ देशका राजदूतको पदावधि अर्को व्यवस्था नभएसम्मका लागि थप्ने निर्णय गरेको छ ।
परराष्ट्र मन्त्रालयले खुला प्रतिस्पर्धाका आधारमा नयाँ नियुक्ति प्रक्रिया सुरू गरिसकेको भए पनि त्यसका लागि थप केही समय लाग्ने भएपछि तत्काललाई ती ६ देशमा राजदूत रिक्त नरहोस् भनेर बहालवालाकै अवधि थप्ने निर्णय गरिएको हो ।
मन्त्रिपरिषदको बैठकले गरेको निर्णय अनुसार बंगलादेश, बहराइन, ब्राजिल, म्यानमार, इजिप्ट र अस्ट्रियाका बहालवाला राजदूतको पदावधि अर्को निर्णय नभएसम्मका लागि थपिएको स्रोतले जानकारी दिएको छ ।
हाल बंगलादेशमा घनश्याम भण्डारी, बहराइनमा तीर्थराज वाग्ले, ब्राजिलमा निर्मलराज काफ्ले, म्यानमारमा हरिश्चन्द्र घिमिरे, इजिप्टमा सुशील लम्साल र अस्ट्रियास्थित राष्ट्रसंघीय स्थायी नियोगका प्रतिनिधिमा भरत रेग्मी छन् ।
उनीहरूको चार वर्षे पदावधि यही अगष्ट अन्तिममा सकिँदै छ । पदावधि सकिएर स्वदेश फर्कने तयारीमा रहेकै बेला उनीहरूको अवधि थपिएको छ ।
मन्त्रिपरिषदले नयाँ राजदूतको नाम सिफारिस गरी संसदीय सुनुवाइ सकेर एग्रिमो प्राप्त नहुँदासम्मलाई यो व्यवस्था गरिएको स्रोतले जनाएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकार बनेपछि भारत, अस्ट्रेलिया, श्रीलंका, दक्षिण कोरिया, डेनमार्क र दक्षिण अफ्रिका गरी ६ देशका राजदूत फिर्ता बोलाइएको थियो । त्यसअघि सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले गत असोज ३० गते चीन, जर्मनी, इसराइल, मलेसिया, कतार, रूस, साउदी अरब, स्पेन, अमेरिका, बेलायत र जापान गरी ११ जना राजदूत फिर्ता बोलाएको थियो ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया