बलिउड अभिनेत्री कंगना भारतको संसदीय चुनावमा विजयी
नयाँ दिल्ली । भारतको लोकसभा चुनाव अर्थात संसदीय चुनावमा बलिउड अभिनेत्री कंगना रनौत विजयी भएकी छिन् ।
कंगना हिमाचल प्रदेशको मन्डी लोकसभा सिटमा भारतीय जनता पार्टी (भाजपा)बाट प्रतिस्पर्धा गरेकी थिइन् । उनी पहिलो पटक चुनावमा प्रतिस्पर्धा गरेकी हुन् ।
उनले ७३ हशजार ७०३ मतको अन्तरसहित लोकसभा चुनावमा कांग्रेसका उम्मेदवार विक्रमादित्य सिंहलाई हराएकी छिन् ।
विक्रमादित्य सिंह कांग्रेसका नेता एवम् पूर्व मुख्यमन्त्री वीरभद्र सिंहका छोरा हुन् ।
कंगनाले ५ लाख २७ हजार ४६३ मत ल्याएकी छिन् । विक्रमादित्य सिंहले ४ लाख ५३ हजार ७६० मत ल्याएका छन् ।
Published : Tuesday, 2024 June 4, 5:36 pm
बिचार/ब्लग
अपमानित हुँदै गर्दा पनि देउवाले कांग्रेसलाई राष्ट्रियसभामा ठूलो दल बनाए, आज बत्ती बालेर खोज्नु पर्ने भयो
क्रिसु क्षेत्री, लेखक/कुटनीतिज्ञ

फेसबुकबाट तपाईको प्रतिक्रिया