सभापति देउवाद्वारा रङ्गमती शाही नेतृत्वको विभागमा सदस्यहरू मनोनीत
काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले पिछडिएको क्षेत्र समन्वयन विभागमा १० जनालाई सदस्यमा मनोनीत गरेका छन् ।
सोमबार विज्ञप्ति जारी गरेर कांग्रेसले सभापति देउवाले विधान २०१७ (संशोधनसहितको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य तथा विभाग प्रमुख रङ्गमती शाहीको नेतृत्वमा रहेको पिछडिएको क्षेत्र विभागको सदस्यहरूमा १० जनालाई मनोनीत गरेका हुन् ।
विभागमा मनोनीत हुनेमा डोल्लाबाट दुधकुमारी हमाल, रौतहटबाट डा.सम्झना खातुन, काठमाडौंबाट स्मारिका सिंखडा, धादिङबाट उत्तम सिंखडा, भोजपुरबाट रामकुमार राई रहेका छन् ।
बाजुराबाट ऐनबहादुर मल्ल, पाल्पाबाट अर्जुनप्रसाद रेग्मी, हुम्लाबाट नरबहादुर रोकाया, दैलेखबाट हरिशंकर तिमिल्सेना र बागलुङबाट हीराप्रकाश गौचन रहेको विज्ञप्तिमा उल्लेख रहेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया