सभापति देउवासँग प्रधानमन्त्री दाहालद्वारा भेट, बजेट अगाडि समिति बनाउनेबारे छलफल
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भेटवार्ता गरेका छन् ।
आइतबार सभापति देउवाको बुढानिलकण्ठस्थित निवासमा उनीहरूका बीच संसदको गतिरोध र संसदीय छानविन समितिका विषयमा छलफल भएको हो ।
आइबार बसेको प्रतिनिधिसभाको बैठकमा आर्थिक सर्वेक्षणमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सभापति देउवासँग भेटवार्ता भएको र सहकारी ठगीका विषयमा संसदीय समिति बनाउनेबारेमा सकारात्मक कुराकानी भएको बताए । उनले बजेट पेश गर्नुभन्दा अगाडि समिति बन्ने र रास्वपाले पनि समिति बनाउँदा आपत्ति नहुने जनाएको दाहालले बताए । सोही विषयमा सभापति देउवासँग कुराकानी भएको दाहालले बताए ।
गृहमन्त्री रवि लामिछानेले सहकारी ठगी गरेको विषयमा कांग्रेसले संसदीय छानविन समितिको माग गरेर सदन अबरुद्ध बनाएका बेला सत्तापक्ष र प्रतिपक्षबीच दुरी बढेको अवस्था छ ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलाई मनाउन सभापति देउवासँग भेट गरेर प्रधानमन्त्री दाहालले सहकारीका विषयमा छलफल गरेका हुन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया