राष्ट्रिय वाणिज्य बैंकको सीईओमा खनाल नियुक्त
काठमाडौं । सञ्चालक समितिले राष्ट्रिय वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा देवेन्द्ररमण खनाललाई नियुक्त गरेको छ ।
बिहीबार काठमाडौंमा बसेको समितिको बैठकले खनाललाई ४ वर्षका लागि सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।
खनाल बैंककै डेपुटी सीईओ थिए । खनाल ४ वर्ष सीईओमा नियुक्त भएका हुन् । सीईओ बन्न २० जनाले आवेदन दिएका थिए । ५ जनाको नाम सर्ट लिस्टमा परेको थियो ।
सीईओ छनोट उपसमितिको आइतबार बसेको बैठकले खनालसहित नेपाल बैंकका पूर्वसीईओ कृष्णबहादुर कार्की, प्रकाशचन्द्र अधिकारी, विष्णुदेव यादव र शंकर केसीको नाम सर्टलिस्टेड गरेको थियो ।
बैंकका तत्कालीन सीईओ किरणकुमार श्रेष्ठले दुई कार्यकाल पूरा गरेर चैत २०८० मा बाहिरिएसँगै ७ वैशाखमा बैंकले सीईओ आवेदन मागेको थियो ।
बिचार/ब्लग
देशमा के भइरा’छ भन्ने बुझ्ने सुधन मात्र हो, कप्तानगञ्जमा बत्ति निभेको बेला गोली चल्यो
प्रकाश तिमल्सिना, पत्रकार

फेसबुकबाट तपाईको प्रतिक्रिया