सिरोहियालाई पक्राउ र मिडियालाई तर्साउने गठवन्धन सरकारको निर्णय खेदजनक छ : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिएको घटनालाई खेदजनक रहेको जनाएका छन् ।
मंगलबार राति सामाजिक सञ्जाल ‘एक्स’मार्फत सभापति देउवाले सिरोहियालाई पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम रहेको टिप्पणी गरेका छन् ।
सभापति देउवाले भने, ‘कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई प्रतिशोधपूर्ण ढङ्गबाट पक्राउ गरिनु सरकारको अलोकतान्त्रिक कदम हो ।’
‘मिडियालाई तर्साउने उदेश्यसहितको गठवन्धन सरकारको यो निर्णय खेदजनक छ’, सभापति देउवाले भनेका छन् ।
सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेविरुद्ध कान्तिपुरले प्रमाणहरूसहित निरन्तर समाचार प्रकाशित गर्दै आएको छ । कान्तिपुरविरुद्ध आक्रामक देखिएका लामिछानेले प्रतिशोधपूर्ण तरिकाले पक्राउ गराएको आरोप छ ।
सिरोहियाको नागरिकतामा नम्बर फरक परेको भन्दै धनुषामा उजुरी परेको थियो । सोही उजुरीका आधारमा सिरोहियालाई पक्राउ गरिएको छ । गृहमन्त्री लामिछानेले नै २ वटा नागरिकता र राहदानी लिएको तथ्य प्रमाणित नै भइसकेको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया