समितिको मागसहित कांग्रेसद्वारा संसद अबरुद्ध, गृहमन्त्रीका कारण प्रचण्डको कार्यक्रम विथोलियो
काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्न संसदीय समितिको माग गरेर प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसद अबरोध गरेको छ ।
सोमबार बसेको प्रतिनिधिसभाको बैठक शुरु हुनेवित्तिकै कांग्रेसका सांसदहरू आ–आफ्नो स्थानमा उभिएर विरोध जनाए ।
सभामुख देवराज घिमिरेले कांग्रेसलाई बोल्न समय दिएनन् । त्यसपछि कांग्रेसका सांसदहरू वेल अगाडि पुगेर सहकारी ठगलाई कारबाही गर, संसदीय छानविन समिति गठन गर जस्ता नारा लगाएका छन् ।
एमालेबाट सभामुख बनेका घिमिरेले कांग्रेसको माग र अबरोधलाई बेवास्ता गर्दै संसदको बैठक पेलेर चलाउन खोजेका छन् ।
कांग्रेसले विरोध जारी राखे पनि सभामुख घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत लिनका लागि प्रस्ताव राख्न समय दिए । तर, प्रधानमन्त्री दाहाल रोष्टमतिर गएनन् । कांग्रेसका सांसदहरूको नारावाजी र वेल घेराउ रहेपछि दाहाल रोष्टमतिर नगएका हुन् ।
सोमबारको बैठकमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिने कार्यक्रम थियो । कांग्रेसले सहकारी ठगीमा मुछिएका गृहमन्त्री लामिछानेबारे छानविन गर्न संसदीय समिति बनाएर मात्रै विश्वासको मत लिन आग्रह गरिसकेको छ ।
कांग्रेसको नारावाजी र अबरोध भएपछि संसदको बैठक १५ मिनटका लागि स्थगित भएको छ । केही समयपछि बैठक पुनः बस्ने भनिएको छ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया