वैदेशिक रोजगारीमा गएका साथीहरू ठगिनु भएन, दुःख पाउनु भएन : सभापति देउवा
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधानमा लाग्न सरकारलाई आग्रह गरेका छन् ।
शनिबार काठमाडौंमा नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै देउवाले नेपाली श्रमिकहरूको समस्या समाधान गर्न सरकारलाई आग्रह गरेका हुन् । उनले भने, ‘वैदेशिक रोजगार नेपालमा एकदमै महत्वपूर्ण हो । विदेशमा रोजगार गर्न पनि नेपाली पुग्छन् । त्यहाँ ठगिएका कुराहरू । दुःख पाएका कुराहरू । थाहा पाएसम्म त्यो रोक्न हामी लाग्नुपर्छ ।’
देउवाले भने, ‘रेमिटेन्सको पैसा आउँछ । विदेशी पैसा पनि आउँछ । त्यसले गर्दा नेपालको रेमिटेन्स मात्रै होइन अरु पनि नेपाललाई फाइदा हुन्छ । त्यसका लागि यसलाई रेमिटेन्स आवश्यक छ । अर्कोतिर नेपालीहरू रोजगारीमा गएका साथीहरू ठगिनु भएन, दुःख पाउनु भएन ।’
उनले वैदेशिक रोजगार र त्यहाँ श्रमिकहरूले पाइरहेको दुःखका बारेमा आफू जानकार रहेको बताएका छन् । श्रमिकलाई भइरहेको शोषणको समस्या रोक्न सभापति देउवाले आग्रह गरेका छन् ।
‘रेमिटेन्सकोले नेपालको रेमिटेन्स मात्रै होइन, अरु पनि धेरै नेपाललाई फाइदा हुन्छ’, उनले भने, ‘रोजगारीमा गएका साथीहरू ठगिनु भएन ।’
‘दुःख पाउनु भएन, जेलमा थुनिएका छन्, धेरै दुःख पाएका छन्’, देउवाले भने, ‘यो वैदेशिक रोजगार एशोसिएशनले लिड रोल लिनुपर्छ ।’
सभापति देउवाले वैदेशिक रोजगारीमा गएका नेपालीबाट देशमा आउने रेमिट्यान्ससँगै श्रमिकहरूको समस्या समाधानमा आवश्यक भूमिका खेल्नुपर्ने बताएका छन् ।
नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनलाई दुःख पाएका नेपालीहरूले समस्या समाधान गर्ने काममा लाग्न सभापति देउवाले आग्रह गरेका छन् ।
सभापति देउवाले ठगिएका साथीहरूलाई सहयोग गर्न अनुरोध गरेका छन् । उनले विदेशमा दुःख पाएका साथीहरूलाई विशेष ध्यान दिन पनि आग्रह गरेका छन् ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया