कांग्रेसको बैठक मंगलबार बस्ने, सहकारी ठगका आरोपी गृहमन्त्री लामिछानेका कारण सरकारलाई तनाब
काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र गठीमा मुछिएका गृहमन्त्री रवि लामिछानेबारे छानविनका लागि संसदीय समितिको माग गरिरहेको प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलको बैठक स्थगित भएको छ ।
सोमबार बस्ने भनिएको संसदीय दलको बैठक मंगलबारसम्मका लागि स्थगित भएको संसदीय दलको कार्यालयबाट जारी प्रेस नोटमा उल्लेख छ ।
सोमबार स्थगित भएको संसदीय दलको बैठक मंगलबार बिहान ९ बजे बस्नेछ । संसदीय दलको बैठक बस्नुभन्दा अगाडि नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक बिहान ८ बजे बस्नेछ ।
जेठ १ गते बस्ने प्रतिनिधिसभाको बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्ने कार्यक्रम छ ।
संसदीय छानविन समितिको माग गरेर संसद अबरुद्ध गर्दै आएको कांग्रेसले मंगलबार बस्ने संसदमा नीति तथा कार्यक्रम पेस गर्ने बैठकलाई के गर्ने भनेर संसदीय दलबाट निर्णय हुनेछ ।
बिचार/ब्लग
यो मानव खप्पर नागरिकबाट सम्राट बनेका वाङ्ग माङ्गको हो
युवराज संग्रौला, अधिवक्ता
कांग्रेसलाई किन विभाजन गर्न खोजिँदैछ ?
कुन्दनराज काफ्ले, नेता, नेपाली कांग्रेस
कांग्रेसबारे म फेरि केही कुरा लेख्न बाध्य भएँ
यामबहादुर मल्ल (रामकृष्ण), नेता, नेपाली कांग्रेस

फेसबुकबाट तपाईको प्रतिक्रिया